Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा दोहोरो अंकको गिरावट


  • बुधबार, कार्तिक २६ २०८२

  • शेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं– साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७८ अकंले घटेर २५४३.३७ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन १२ उपसूचकमा राताम्य लागेको छ । आज वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, होटल तथा पयर्टन समूहको ०ं.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    बुधबार ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    आज सबै भन्दा धेरै  एनआरएन इन्फ्रास्टक्चरको  शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २२ करोठड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij