काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह र गृहमन्त्री ओमप्रकाश अर्याल विच खटपट भएको खबर वाहिरिए संगै उनीमाथी चौतर्फी आक्रमण हुन थालेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै मेयर साह गृहमन्त्री अर्याल संगरुष्ठ छन । त्यस लगत्तै अर्याल विरुद्ध सामाजिक सञ्जालमा अभियान सुरु गरिएको थियो । त्यसरी अभियान सुरु गर्नेमा सबै मेयर साह निकट थिए ।
साह निकट रहेका जेनजी अभियन्ता सुदन गुरुङ्ले त अर्याल विरुद्ध कडा टिप्पणी गर्दै राजिनामा नै मागेका छन । भ्रष्टाचारी लाई कारवाही नगरेको, ओली र लेखकलाई पक्राउ नगरेको र आन्दोलन प्रति न्याय नगरेको आसय सहितको धारणा राख्दै गुरुङ्ले अर्यालको राजिनामा मागेका छन । गुरुङ्को भनाइलाई पनि मेयर साहसंग जोडेर हेरिएको छ ।
पछिल्लो समय गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन सक्रियता देखाउँन थाले पछि झनै आक्रमण भएको देखिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
