Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अश्लिल स्टाटस लेख्नु अघि दिउँसै देखि मदिराले झ्याप थिए बालेन्द्र साह


  • आइतबार, कार्तिक १६ २०८२

  • अश्लिल स्टाटस लेख्नु अघि दिउँसै देखि मदिराले झ्याप थिए बालेन्द्र साह

    काठमाडौं  – हिजो अर्थात कात्तिक १५ गते, शनिवारको दिन । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द साह दिउँसै देखि मदिरा सेवन गरेर झ्‌याप थिए । ललितपुरको संस्कार फाइन डिन एण्ड इभेन्टमा बसेर मदिरा पिएर बसेका साहले मध्य राति अश्लिल स्टाटस पोष्ट गरे । त्यो पनि भारत, चीन र अमेरिका जस्ता राष्ट्रलाई अश्लिल गालि गर्दै । उनले नेपालका नयाँ पुराना कुनै राजनितिक दललाई पनि छाडेनन । कांग्रेस, एमाले, माओवादी . राप्रपा, रास्वपा सबैलाई अश्लिल गालि गरेको पोष्ट उनको वालमा आधा घण्टा सम्म रह्यो । त्यस पछि उनले त्यसलाई डिलिट गरे ।

    पोष्ट डिलिट गरे पनि धेरैले त्यसको स्क्रिन सट लिइसकेका थिए, जुन सामाजिक सञ्जालमा भाइरल छ । संघिय राजधानी काठमाडौंको मेयरको यो हद सम्मको हर्कतको अहिले चौतर्फि आलोचना भइरहेको छ । मेयर साहले यहि सामाजिक सञ्जालको आइडिवाट महानगरको आधिकारिक धारणा, सुचना र जानकारी समेत सम्प्रेषण गर्ने गरेका छन ।

    मेयर साह दिउँदै देखि उक्त इभेन्टमा बसेर मदिरा पिइरहेको आफुले देखेको पत्रकार मञ्जु कार्कीले उल्लेख गरेकी छिन । उनले साहसंग एउटा नायीकाको श्रीमान समेत रहेको जनाए पनि नाम उल्लेख गरेकी छैनन् ।

    पत्रकार कार्कीले लेखेकी छिन –

    हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ (कौशी) जस्तोमा चार पाँच जना साथीसंग बालेन थिए । हामी भित्र बस्यौ, तर हामी बसिरहेको ठाउबाट उनलाइ देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै धान दिईन तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउसोको अनुमान भन्दा अवस्था झन जटिल बनेछ !! #Balenshah #highlight

    दिउँसै देखि बालेन्द्रले मदिरा पिएर झ्‌याप भएको सार्वजनिक गरे पछि पत्रकार कार्कीलाई गाली सुरु हुन्छ । आफुमाथी मेयर साहका सर्मथकहरले गालीको वर्षा गर्न थाले पछि आफु आफ्नो बच्चासंग उक्त इभेन्टमा पुगेको जानकारी दिदै आफ्नो कार, आफु र छोरीको समेत तस्वीर राखेर पत्रकार कार्कीले पुनः यस्तो लेखेकी छिन :

    मलाई गाली गर्नु भन्दा ललितपिरको Saskar Fine Dine & Events मा गएर पत्ता लगाउनुहोस् ! मैले देखेको लेखे, मेरो गाडीमाथि मेरो छोरी हुन, छेउको गाडी पत्ता लगाउनुहोस । म कसैको विरोधी र समर्थक होईन । भिडियो र फोटो हेर्न ईच्छुकले सिसिटिभी हेर्नुहोस !! #balenshahnews #Balenshah कुरा भूराजनीतिको छ, त्यसैले लेखेको । अन्यथा रक्सी भाङका कुरा मलाई मतलव भएन । ईच्छा हुनेले खाने हो । शाहसंग सायद एउटा नायिकाका श्रीमान् पनि थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij