Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन्द्र रिसाउँदा गृहमन्त्री हटाउने चर्चा


  • मंगलबार, कार्तिक ११ २०८२

  • बालेन्द्र रिसाउँदा गृहमन्त्री हटाउने चर्चा

    काठमाडौं – अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालको पद धरापमा पर्ने देखिएको छ । काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र साहको सिफारिसमा गृहमन्त्री बनेका भनिएका अर्यालसँग मेयर साह असन्तुष्ट बन्दा उनका सर्मथकहरू सार्वजनिक रुपमै अर्यालको विरोधमा उत्रिएका छन । बिशेषगरी तीनजना व्यक्तिहरु पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र दुर्गा प्रसाईलाई पक्राउ नगरेको आरोपमा अर्याल विरुद्ध अभियान नै थालिएका छ ।

    जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारमा मेयर साहले आफ्नो प्रतिनिधिका रूपमा अर्याललाई गृहमन्त्री बनाएका थिए । उनले अर्याललाई ओली सहितका केहिलाई तत्काल पक्राउ गर्न दवाव दिएका थिए । तर नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुवेर खापुङ्ले नमाने पछि गृहमन्त्री अर्याल पछि हट्न वाध्य भएका थिए । साहले प्रधानमन्त्री शुसिला कार्कीलाई समेत पक्राउ गर्न दवाव दिइरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij