काठमाडौं – कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले आफ्नो राजिनामा स्वच्छिक नभई व्वस्थापनको दवावमा दिएको आसय प्रकट गरेका छन । नेपाल र वेष्टइण्डिज भएको सिरिज क्रिकेटमा नेपाली टिमका स्टार खेलाडी सन्दिप लामिछाने सम्वन्धी समाचार पुष्टी नभए पछि प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सार्वजनिक रुपमा गरेको टिप्पणी प्रति लक्षित गर्दै पौडेलले भनेका छन -‘इतिहासदेखि आजसम्म कान्तिपुर टिभिवाट भएका कामलाई ओझेल पार्ने गरि सिंगो समाचार शाखा र आफ्नै समाचार टीम माथि सार्वजनिक रुपमा प्रश्न उठाइएको छ ।’
उनले समाचार बन्ने प्रक्रियाका बारेमा उल्लेख गर्दै समाचार खोज्न आफुले निर्देशन दिए पनि प्रकाशित भए पछि मात्रै थाहा पाएको बताए । आन्तरिक कारवाही गर्न पनि समाचार पुष्टी गर्ने समय दिएको दावी सम्पादन पौडेलको छ । उनले पत्रकारितामा गल्ती हुने भन्दै त्यसलाई सच्चाउँन सकिन बताएका छन ।
पौडेलको भनाई यस्तो छ :
कान्तिपुर टेलिभिजनबाट बाहिरिएको छु । अव देखि म कान्तिपुरकर्मी होइन ।
इतिहासदेखि आजसम्म कान्तिपुर टिभिवाट भएका कामलाई ओझेल पार्ने गरि सिंगो समाचार शाखा र आफ्नै समाचार टीम माथि सार्वजनिक रुपमा प्रश्न उठाइएको छ । पत्रकारितामा मैले झण्डै तीन दशक लामो समय विताएको छु । यसमा सबैभन्दा धेरै समय कान्तिपुर मै काम गरेको छु । काम गर्ने क्रममा २०६२-०६३ को आन्दोलनदेखी अहिलेको आन्दोलनसम्म आईपुग्दा धम्कि पनि धेरै आए, कुटपिट पनि भए, घाइते पनि भएँ । यि सबै व्यक्तिगत भएपनि कान्तिपुरसँग जोडिएकाले भएका हुन् । जुन मेरो र कान्तिपुर दुबैको पहिचान हो । काम गर्दा गल्ती हुन्छन् र त्यसलाई सच्याएर अगाडी बढ्ने हो । तर सिंगो समाचार टीमलाइ आक्षेप लगाएर कान्तिपुर टेलिभिजनको आजसम्मको विश्वासलाई आफैले धुमिल पार्ने काम भएको छ ।
समाचार निर्माणको निश्चित प्रक्रिया र मापदण्ड हुन्छ । सन्दिपको विषयमा, उनले युनिटी कप सिरिजको पहिलो म्याच किन खेलेनन् र दोश्रो म्याच खेल्छन् कि खेल्दैनन भन्ने सर्वत्र चासो थियो । पहिलो म्याचमा नेपालले ऐतिहासिक जित हासिल गरेकाले यो चासो झन बढेको थियो । यस विषयमा के भएको हो समाचार बनाउन सम्पादकीय नेतृत्वको हिसाबले मैले नै समाचार उपप्रमुख र स्पोर्टस व्युरो चिफ तथा रिपोर्टरलाई भनेको हो । जहिले पनि समाचार रिपोर्टरले लेख्ने, कपी एडिटरले हेर्ने र पोष्ट गर्ने प्रक्रिया नै हो । यो प्रक्रियामा समाचार प्रमुख तथा उपप्रमुखले समाचार हेरेर स्वीकृति दिने काम पनि हुन्छ ।सन्दिपको समाचार उप प्रमुखले स्वीकृति दिएपछि कान्तिपुर टिभि डट कममा प्रकाशन भएको थियो । जुन कुरा मैले पछि मात्र थाहापाउछु। समाचारको विषयमा प्रश्न उठेपछि स्पोर्ट्स व्युरो चिफसँग सोधपुछ गर्दा रिपोर्टरले पुष्टि नगरि समाचार लेखेको कुरा आयो । यसपछि समाचार उपप्रमुखलाई यो गलत भयो सच्याउनु पर्यो भनेको हो । व्युरो चिफले समाचार बारे बुझ्न केहि समय माग गरेपछि समय दिइएको हो । र भोलिपल्ट समाचार पुष्टि गर्न नसकेपछि क्षमायाचना लेखेको हो। क्षमायाचनापछि समाचारलाई पुष्टि नगरि लेख्ने, सम्पादन गर्ने तथा प्रकाशनको स्वीकृति दिनेलगायत प्रक्रियामा संलग्न सबैलाई कस्तो कारवाही गर्ने भन्ने छलफल गर्नुपर्ने हुन्छ र म त्यहि प्रक्रिया कार्यालय पुगेर अगाडि बढाउनेमा थिए । तर म कार्यालय पुग्दा व्यवस्थापनवाट सबैलाई सोधपुछ भइसकेको थियो । यसबीचमा मलाई व्यवस्थापनले के भएको हो घट्नाको विस्त्रित विवरण मागेकोमा टीमबाट गल्ति भएको र गल्तिको जिम्मेवारी नेतृत्वको हिसाबले मैले लिनुपर्छ र छानबिन गरेर गल्ति पत्ता लगाउने तथा आगामी दिनमा यस्तो हुन नदिने प्रतिवद्धता गर्दछु भनेको हो। काम गर्दा गल्ति हुन्छन् र गल्ती सच्याएर नै अगाडि बढ्ने हो । समाचार एउटा प्रक्रियाले तयार भयो र प्रकाशन भयो । समाचारको ईश्युमा श्रोतसँग बुझ्नु भनेकै हो र प्राय हरेक समाचारमा प्रक्रिया यहि हो ।तर गल्ती भएपछि नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिनु नै पर्छ र लिएर नैतिकताका आधारमा राजिनामा दिएको हो । यसकारण म कान्तिपुर टिभीबाट बाहिरिएको छु र म अबदेखी कान्तिपुरकर्मी होइन । रह्यो कुरा गसिप र बजार हल्लाको समाचार बन्यो भन्नेकुरा, समाचारका सुचनाहरु आउने विविध श्रोत मध्ये यो पनि हो र जसरि हरेक सुचनालाई पुष्टि गरेर प्रकाशन प्रशारण गरिन्छ यसमा पनि गर्ने प्रक्रिया यहि हुनुपर्थ्यो । तर समाचार लेख्ने रिपोर्टर कपी एडिटर तथा प्रकाशन स्वीकृति दिने लगायत कसैले पनि यो प्रक्रिया पुरा गरेको देखिएन र मसँग स्वीकृति लिने काम पनि भएन । तर मैले जिम्मेवारी लिएको छु र राजिनामा दिएको छु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
