काठमाडौं – केपी शर्मा ओलीको मन्त्रीपरिषदका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भदौ २४ गतेको मन्त्री परिषदको बैठकका बारेमा झुटो प्रचार गरेको भन्दै उक्त मन्त्रीपरिषदकी सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आपत्ति जनाएकी छिन । विभिन्न सञ्चार माध्यममा बोल्दै न्यौपानेले प्रदीप पौडेलको झुटो प्रचारले आफु आश्चर्य चकित परेको बताईन । बैठकमा आफुले प्रधानमन्त्री ओलीसंग सामाजिक सञ्जाल खोल्नु पर्छ भनेर आधा घण्टा चर्काचर्की गरेको भनेर पौडेलले गरेको प्रचार झुटो भएको न्यौपानेले बताएकी छिन ।
उनले बैठकमा सामाजिक सञ्जालका विषयमा कुरा उठे पनि पौडेलले आधा घण्टा सम्म चर्काचर्की गरेको भनि गरेको दावीमा कुनै सत्यता नभएको बताईन ।
न्यौपानेले जेनजी प्रदर्शनका वेला युवाहरुको मृत्यु प्रति ओली सम्बेदनशिल नदेखिएको, दम्भ देखाएको, अहंकारी हाउभाउ देखाएको जस्ता प्रचार पौडेलले गरेको भन्दै त्यसको खण्डन गरेकी छिन । घटना प्रति तत्कालिन प्रधानमन्त्री अत्यन्त दुःखी र गम्भिर भएको दावी न्यौपानेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
