Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ – अध्यक्ष प्रचण्ड


  • बुधबार, भाद्र ११ २०८२

  • जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ – अध्यक्ष प्रचण्ड

    काठमाडौं, भदौ ११– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्नुभयो।

     

    अध्यक्ष प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्दै उहाँको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताउनुभयो। उहाँले भन्नुभयो, “भक्त राणा मगर युद्धमा नै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो। उहाँको स्मृति हामी सबैको मनमा ताजा छ।”

     

    अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो।”

     

    अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिनुभयो। उहाँले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

     

    अध्यक्ष प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिंदै भन्नुभयो, “यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij