काठमाडौं – कैलाली कारागारमा भएको झड्प पछिको अवस्था सामान्य बन्न सकेको छैन । एक जनाको ज्यान जाने गरी भएको घट्नामा ४७ जना घाइते भएका छन । अहिले पनि कारागारमा प्रशासनको पहुँच पुगेको छैन । प्रमुख जिल्ला अधिकारी सहितको टोली कारागार भित्र जान सकेको छैन भने मानव अधिकार आयोगको टोली समेत फर्किएको छ । कैदी बन्दीहरुले भित्रबाट ताला लगाएर कसैलाई प्रवेश गर्न दिएका छैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
