काठमाडौं – नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मुल्य लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ मुल्य तोकेको हो। यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
