Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा पार्क भत्काउँनेलाई कारवाही नगर्न देउवा सचिवालयको दबाब !


  • सोमबार, साउन ५ २०८२

  • टोखामा पार्क भत्काउँनेलाई कारवाही नगर्न देउवा सचिवालयको दबाब !

    काठमाडौं – शुक्रवार राति टोखा नगरपालिका वार्ड नं . ७ को सार्वजनिक पार्क तोडफोड गरि ध्वस्त बनाउँने मुख्य योजनाकारलाई कारवाही नगर्न कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले चर्को दवाव दिएको छ । शनिवार जोरपाटीबाट पक्राउ परेका मुख्य योजनाकार दुर्गानन्द यादव र उनका छोरालाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनीहरुलाई कारवाही नगर्न भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले महाराजगञ्ज प्रहरी बृत्त र टोखा नगर पालिकाका जनप्रतिनिधिहरुलाई दवाव दिइरहेका छन ।

    बुढानिलकण्ठको दवावका कारण प्रहरीले मुख्य योजनाकार यादवलाई सोमबार कारवाही बिना नै छाड्ने तयारी गरेको छ ।

    रोचक कुरा त के छ भने, सार्वजनिक पार्क तोडफोड गरेर पूर्णरूपमा नष्ट गर्ने यादव बाबुछोरा पक्राउ परेको पहिलो दिन देखि नै हिरासतमा बसेका छैनन । विरामी भएको बाहानामा प्रहरीले दुवै जनालाई ग्रिनसिटी हस्पिटलमा राखेको छ । उनीहरुलाई थप गरिएको तीन दिनको म्याद आज सकिदै छ ।

    म्याद थप गरिसकेको अभियुक्तलाई त्यसै छाड्न नमिल्ने बताउँछन केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरे । सार्वजनिक सम्पत्ति नष्ट गर्ने माथी कानुन बमोजिम हदै सम्मको कारवाही हुने डिआइजी घिमिरेको भनाई छ । यता महाराजगञ्ज प्रहरी बृत्तका प्रमुख डिएसपी निरञ्जन थापा पनि घटनालाई आफुहरुले गम्भिर रूपमा लिएको दावी गर्छन ।

    घटनामा प्रत्यक्ष संलग्न हुने र घटना घटाउन सहयोग गर्नेको पहिचान खुले पनि थप व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन ।

    प्रहरीले जे जस्तो दावी गरे पनि राजनितिक दवावकै कारण उनीहरु कारवाही विना नै छुट्ने देखिएको छ । राति १ बजे छापामार शैलीबाट हातहतियार सहित सार्वजनिक सम्पत्ति नष्ट पार्ने र सिङ्गो समाजलाई नै आतंकित बनाउँनेहरुलाई सुविधा सम्पन्न अस्पतालमा राखेर कारवाही बिना नै छाड्न लागेको देखेर स्थानिय जनता आश्चर्यमा परेका छन ।

    घटना के हो ? 

    विहिवार मध्य राति १ बजे दर्जनबढी मानिसहरु गल र हम्मर सहित आएर टोखा नगर पालिका वार्ड नं . ७ मा १५ दिन अघि बनेको पार्क र बत्तिहरु ध्वस्त बनाएर भागेका थिए । छापामार शैलीमा आएका व्यक्तिहरुले करिव १५ मिनेटमा पार्कको अधिकांश संरचना ध्वस्त बनाएर भागेका थिए । पार्क भत्काउँदा ठूलो आवाज आएकाले स्थानिय आतंकित बनेका थिए । विना कारण पार्क भत्काइएकोमा स्थानिय व्यक्ति र जनप्रतिनिधि आश्चर्यमा परेका थिए ।

    घटना घटेको केहि समयमा नै प्रहरीले गल र कपडाहरु बरामद गरेको थियो । जनप्रतिनिधि, प्रहरी र स्थानियको सक्रियतामा विभिन्न ठाँउको सिसिटिभि फुटेज हेर्दा यादवको संलग्नता प्रष्ट देखिए पछि प्रहरीले उनीहरुलाई जोरपाटीबाट पक्राउ गरेको थियो ।

    https://www.facebook.com/share/v/1DgTu9832G/

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij