काठमाडौं – सरकारमा जाने चर्चा विच जनता समाजवादी पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । प्याकेजमै सहमति खोजेको जसपाको संसदिय दलवाट सरकार लाई दिएको सर्मथन फिर्ता लिएको हो । जसपाको निर्णय संगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।
सरकार संगको असहमति यस्तो छ :
१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु।
२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिसनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु।
३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु। असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु।
४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु।
५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु।
६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु।
७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेस, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यकलगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु।
८. मधेस, थरूहट, किरता– लिम्बूवानलगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाइ बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाइ नगर्नु।
९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु।
१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाइ, मलखाद्य, बिउबिजन र किट्नासक औषधिका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु।
११. बेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
