काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको तयारी गरेका छन । पुर्नगठनमा धेरै ठूलो परिर्वतन भने हुने छैन । कांग्रेसबाट सरकारमा गएकाहरु लाई हटाउने तयारी छैन । प्रधानमन्त्री ओलीले एमालेबाट मन्त्री भएका केहि लाई हटाउने गृहकार्य केहि समय अघि देखि नै गरे पनि पार्टी भित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताले झस्केका छन । हटाएका नेता भण्डारीको पक्षमा खुलेरै लाग्ने हुन कि भन्ने भय प्रधानमन्त्रीमा देखिन थालेको बताइएको छ ।
दुई साना दललाई पनि सरकारमा लैजाने तयारी प्रधानमन्त्रीको छ । जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सामेल हुने सम्भावना छ । उनलाई गठबन्धन कांग्रेस र एमालले आग्रह समेत गरिसकेका छन । भूमि सम्बन्धी अध्यादेश पारित गर्न राष्ट्रिय सभामा सरकारलाई जसपाको साथ अनिवार्य बनेको छ ।
यादव आफै सरकारमा जाने अवस्था आएमा उप प्रधान सहित स्वास्थ्य मन्त्री दावी गरेको बताइएको छ । जसपाबाट राज किशोर यादव पनि सरकारमा जान इच्छुक देखिएका छन ।

सरकारसंग असन्तुष्ट देखिएको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गर्ने चाहना प्रधानमन्त्रीको छ । उक्त पार्टीबाट रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउँने चाहना प्रधानमन्त्रीको भए पनि घुस अडियो प्रकरणमा नाम जोडिए पछि समस्या पर्ने देखिएको छ । प्रधानमन्त्री कांग्रेस र एमालेको एक – एक मन्त्रालय घटाएर दुई साना दललाई सरकारमा लैजाने गृहकार्यमा छन ।
यो पनि हेर्नुहोस् :
सपथका वेला नै मन्त्रीहरुलाई एक वर्षका लागी भनिएको थियो : संचार मन्त्री गुरुङ
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
