काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी लगायत क्षेत्रमा आएको बाढिको क्षतिप्रति गरिहो दुख व्यक्त गर्नु भएको छ ।
देउवाले सामाजिक संजाल मार्फत रसुवाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्धार र राहतमा खटिन पनि अपिल गर्नु भएको छ । ‘रसुवाको भोटेकोसी नदिमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। बाढि प्रभावित क्षेत्रमा उद्दार र राहतलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध गर्दछु’ देउवाले सामाजिक संजालमा लेख्नु भएको छ, ‘साथै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्दार र राहतमा जुट्न अपिल गर्दछु।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
