काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनका लागी कुनै तहको अधिवेशन आव्हान भएको छैन । जारी केन्द्रीय समिति बैठकमा क्रियाशिल सदस्यताको विषय एजेण्डाका रूपमा भने समावेश छ । केन्द्रीय समिति बैठकमा समयमा नै महाधिवेशन हुनु पर्ने विषयमा आवाज उठेको छ । तर कांग्रेस कार्यकर्ताहरुमा महाधिवेशन लागेको देखिन्छ । काठमाडौं क्षेत्र नं . ५ का कांग्रेस कार्यकर्ताहरुले महाधिवेशन केन्द्रित छलफल सुरु गरेका छन । पूर्वक्षेत्रिय सभापति रमेश खड्काको आव्हानमा भएको चियापानमा कार्यकर्ताहरुले महाधिवेशन केन्द्रीत छलफल गरेको सहभागीहरुले बताएका छन ।
चियापान तथा छलफलमा क्षेत्र नं . ५ का अगुवा कांग्रेसीहरु सहभागी थिए ।








""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
