Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गर्ने दुई जना पक्राउ


  • मंगलबार, असार १७ २०८२

  • प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गर्ने दुई जना पक्राउ

    मोरङ, प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका-६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।

    विराटनगर महानगरपालिका-१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले रोकी “हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ” भनि स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर महानगरपालिका-१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई निजसँग साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ बुधबार बिहान डाका गरी फरार भएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरू उपर शरीर बन्धक बनाई डाका गरेको कसूर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij