Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हल्का ज्वरो आउँदा पनि स्वास्थ्य मन्त्री तीन दिन देखि बीर अस्पताल किन बसिरहेका छन ?


  • सोमबार, असार १६ २०८२

  • हल्का ज्वरो आउँदा पनि स्वास्थ्य मन्त्री तीन दिन देखि बीर अस्पताल किन बसिरहेका छन ?

    काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेल अहिले ‘अस्वस्थता ‘ का कारण बीर अस्पतालमा भर्ना भएका छन । उनलाई हल्का ज्वारो आएको सचिवालय स्रोतले जनाएको छ । उनलाई केहि दिन देखि नै हल्का ज्वरो आइरहेको थियो । हल्का ज्वरोकै विच उनी वैंकक भ्रमण देखि पार्टीको प्रशिक्षण सम्मका कार्यक्रममा सहभागी भइनै रहेका थिए । तर गत १४ गते देखि उनी बीर अस्पतालको विशिष्ठ कक्षमा भर्ना भएर बसेका छन ।

    अस्पताल भर्ना भएको असार १४ गते सम्म पनि उनी सार्वजनिक कार्यक्रममा नै थिए । त्यस दिन उनी नेपाली कांग्रेस टोखा नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी थिए ।

    बीर अस्पतालले पनि पौडेललाई ज्वरो आएको जनाएको छ । आज असार १६ गते विज्ञप्ती जारी गर्दै अस्पतालले ज्वरो आएको मात्रै जनाएको छ । हस्ताक्षर बिनाको विज्ञप्तीमा अस्पतालले प्रा . डा . दिलिप शर्माको नेतृत्वमा उपचार भइरहेको जनाएको छ । अस्पतालले स्वास्थ्य मन्त्रीको स्वास्थ्यको बारेमा ज्वरो वाहेक अरु केहि उल्लेख गरेको छैन ।

    पौडेलको सचिवालय स्रोतका अनुसार मन्त्री पौडेल उच्च पदस्थ व्यक्तिहरुले नेपालमै सरकारी अस्पतालमा उपचार गर्नु पर्छ भन्ने मान्यता राख्ने भएको त्यहि सन्देश दिन खोजेको पनि हुन सक्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij