Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महानगर प्रहरीलाई कानुन विपरित भिड तथा दंगा नियन्त्रण तालिम !


  • मंगलबार, असार १० २०८२

  • महानगर प्रहरीलाई कानुन विपरित भिड तथा दंगा नियन्त्रण तालिम !

    काठमाडौं – काठमाडौं महानगर पालिकाले कानुन विपरित नगर प्रहरीलाई भिड तथा दंगा नियन्त्रण दिन सुरु गरेको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई दिइने यस्तो तालिम र अधिकार नगर प्रहरीलाई कानुनतः हुँदैन । यस्तो तालिम दिन महानगर भित्र संस्थागत निर्णय समेत भएको छैन भने प्रमुख प्रशासकिय अधिकृत र अधिकांश जन प्रतिनिधिलाई जानकारी समेत छैन । महानगर प्रहरी प्रमुख प्रशासनिय अधिकृतको मतहतमा हुनु पर्ने भए पनि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको मात्रै आदेश मान्ने बताउँदै आएका छन ।

    महानगरले भने आत्मरक्षा को लागी यस्तो तालिम दिइएको दावी गरेको छ । महानगर प्रहरीको पेजमा त्यस्तो दावी गरिएको छ ।

    महानगर का गतिविधिलाई नजिकबाट हेर्दै आएका र सडक व्यापारिको पक्षबाट अभियान चलाउँदै आएका अभियन्ता ईः ईः ले यस्तो दंगा नियन्त्रण तालिमको विरोध जनाएका छन ।

    उनले भनेका छन :

    दंगा प्रहरीको रूपमा काम गर्ने कुनै कानुनी अधिकार नगर प्रहरीलाई छैन। त्यो नेपाल प्रहरी/एपीएफको कार्यक्षेत्र हो। यो आउने दिनहरूको लागि राम्रो संकेत होइन; पहिले शहरका सीमान्तकृत वर्गहरूका लागि, त्यसपछि आप्रवासीहरूका लागि, त्यसपछि स्थानीयहरूका लागि जसको फरक विचार हुन सक्छ।

    के काठमाडौँ महानगरपालिकाले यसलाई सक्षम पार्न संस्थागत निर्णय गरेको छ?

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij