Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वपत्नी र दुई छोरीको हत्या गर्ने पक्राउ


  • बुधबार, जेष्ठ १४ २०८२

  • पूर्वपत्नी र दुई छोरीको हत्या गर्ने पक्राउ

    रूपन्देही, पाल्पा तानसेन नगरपालिका-१ ठेगाना भएकी ३३ वर्षीया दिपा बस्याल र उनकै छोरीहरू ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    सुजनले पूर्व श्रीमती दीपालाई आफ्नै घरमा बोलाई आपसी विवादको क्रममा धारिलो हतियार र हथौडा प्रहार गरी उनीहरूको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट प्रखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij