काठमाडौं – एमालेका युवा नेता विष्णु रिजालले भिजिट भिषा प्रकरणमा मुलुकको छवि अन्तराष्ट्रिय रूपमा विग्रिएको टिप्पणी गरेका छन । उनले यो प्रकरणलाई अपराधको संज्ञा दिदै जनताको अदालतबाट उन्नुक्ति नपाउने बताएका छन । उनले भनेका छन :
जुन देशको गृहमन्त्रालयकै उच्च नेतृत्वको योजना र संलग्नतामा मानव तस्करी हुन्छ, त्यस देशको हालत र अन्तर्राष्ट्रिय छवि कस्तो हुन्छ होला ? एकजना होनहार गृहमन्त्री भएको बेला भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर अर्का होनहार गृहमन्त्री भएको बेला भएको ‘भिजिट भिसा’ काण्डले थप निहुराएको छ । बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति त मिलाइहाल्लान् तर नागरिकको अदालतमा तिनीहरू सदासर्वदा अपराधीकै रूपमा अभिलिखित हुनेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
