काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा राममाया दिदिसंग भेट गर्नु भएको छ । पोखरा जेल बस्दा आफुलाई खानेकुरा लिएर आउँने दिदीलाई भेटे पछि प्रधानमन्तीले सामाजिक सञ्जालमा खुसि व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ :
पोखरा महानगरपालिका – १६ दीपमा बसोबास गर्नुहुने राममाया रानाभाट दिदी ८३ वर्षकी हुनुभयो। निरङ्कुश पञ्चायती कालमा मलाई बिना अभियोग जेल राख्ने क्रममा काठमाडौंको नख्खु जेलबाट २०३९ साल माघ ३ गते पोखरा जेल सारिएको थियो। अभियोग केही थिएन, शान्ति सुरक्षा खलल पार्ने आशंका भनिएको थियो। तीन वर्षसम्म पोखरा जेलमा बस्दा राममाया दिदी मलाई कहिलेकाहीँ खाना लिएर भेट्न आउनुहुन्थ्यो। उहाँ मलाई बाबू भनेर सम्बोधन गर्नुहुन्छ।
आज पोखरा जाँदा उहाँसँग भेट भयो । सञ्चो / बिसञ्चो कुराकानी भयो। यसअघि पोखरा जाँदा पनि भेटेको थिएँ। राममाया दिदीसँग भेटेर खुसी लागेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
