Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘नदि किनारको फैसला कार्यन्वयन गर्ने हो भने काठमाडौंमा घर नै रहदैन’


  • आइतबार, बैशाख २८ २०८२

  • ‘नदि किनारको फैसला कार्यन्वयन गर्ने हो भने काठमाडौंमा घर नै रहदैन’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको नदि किनार सम्बन्धी फैसला कार्यान्वयन गरे मा काठमाडौं घर नै नहुने अवस्था आउँने बताउँनु भएको छ । आइतबार संसद्‌मा निति तथा कार्यक्रम सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अदालतको नाम नलिई ४० मिटरको सर्वोच्चको फैसला प्रति असन्तुष्टि प्रकट गर्नु भयो ।
    ओलीले भन्नु भयो – ४० मिटर लागू गऱ्यो भने काठमाडौँमा घर नै नहुने अवस्था आउँछ । व्यक्ति नम्बरी घर जग्गा होलान, सरकारले मुआब्जा दिन सक्छ कि सक्दैन ?
    सर्वोच्च अदालतले काठमाडौंका ठूला, साना, सहायक नदि, र खोल्छा, राजकुलो सबैको दायाँ बायाँ २० – २० मिटरका दरले छाड्नु पर्ने हचुवा फैसला गरेको थियो । सरका प्रधानन्यायधिश सहित को तीन सदस्यीय इजलाशले निस्सा प्रदान गर्ने आदेश गरेको थियो । निस्सा दिने भनेको अघिल्लो निर्णय त्रुटिपूर्ण भएको भन्दै अर्को फैसला गर्ने भनिएको हो ।
    फैसला पछि काठमाडौंका लाखौ घर धनि आन्दोलनमा छन । अदालतले हचुवाको फैसला गर्दा जनताको सम्पत्ति माथीको अधिकार कसरी खोसिन्छ भन्ने यो एउटा उदाहण हो । सरकार द्वारा गठित समितिले अदालतको फैसला कार्यान्वयन गर्न सात वर्षको बजेट खर्च हुने प्रतिवेदन दिएको छ ।
    नदि किनारको फैसला कार्यन्वयन गर्ने हो भने काठमाडौंमा घर नै रहदै

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij