काठमाडौं – काठमाडौं महानगर पालिकाले बिहान ४ बजे देखि नै तरकारी बेच्ने गरिवलाई लखेटन थालेको छ । बिहान ४ बजे देखि ७ बजे सम्म बालाजुको माछा पोखरी क्षेत्रमा तरकारी बेच्दै आएका साना ब्यापारी माथी महानगरले बिहान ४ बजे देखि नै ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेर दमन गरेको छ ।
महानगरका मेयर वालेन्द्र साह तल्लो श्रमिक वर्ग प्रति कठोर बन्दै आएका छन । यस्तो अमानवीय ब्यवहार प्रति महानगरका अन्य जन प्रतिनिधि समेत मौन रहदै आएका छन । साना र सड्क आश्रीत व्यक्तिका सामग्री समेत महानगरले कानुन विपरित जफत गर्दै आएको छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
