Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाख्यो


  • मंगलबार, बैशाख १६ २०८२

  • अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाख्यो

    कैलाली, वैशाख १६–हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ।

     

    खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

     

    स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij