काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति कांग्रेसले असन्तुष्टी जनाएको छ । आज आयोजित एक कार्यक्रममा कांग्रेस कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले प्रधानमन्त्री ओलीलाई कार्यशैली बदल्न सुझाव दिए । उनले आम नागरिकको असन्तुष्टी सम्बोधन हुने गरी सरकारले काम गर्नु पर्ने बताए ।
शिक्षक आन्दोलनका सन्दर्भमा प्रधानमन्तीको ब्यवहार र शैली ठिक नभए टिप्पणी पनि कांग्रेसले गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मिन विश्वकर्माले प्रधानमन्त्रीको शैली खरो भएको टिप्पणी गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
