काठमाडौं – राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई र उनका बडी गार्ड दिपक खड्कालाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासत्मा राख्ने अनुमति दिएको छ । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो।भारतको आसामबाट उनलाई आजै काठमाडौं ल्याइएको हो । तिनकुने आन्दोलनमा हिंसा भड्काएको आरोप उनीहरु माथी लगाईएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
