Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले संसद्मा भन्यो -‘यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ’


  • आइतबार, चैत्र ३ २०८१

  • कांग्रेसले संसद्मा भन्यो -‘यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ’

    काठमाडौं – नेपाली कांग्रेसले यौन व्यवसायलाई व्यवसायीकरण गर्न संसदमै माग गरेको छ । कांग्रेसका प्रमुख सचेतक समेत रहेका सांसद श्याम घिमिरेले आइतवारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै धार्मिक पर्यटकले कम खर्च गर्ने भन्दै संसारमै मनोरञ्जन पर्यटन आकर्षण गर्न सके विदेशी मुद्रा आर्जन हुने र देश विकास हुने बताए । उनले स्थान तोकेर यौन व्यवसाय व्यवसायिककरण गर्नु पर्ने बताए ।

    प्रमुख सचेतकले विशेष समय लिएर संसद्मै यौन व्यवसाय खुला गर्नु पर्ने बताए पछि यसलाई कांग्रेसको आधिकारिक धारणा मान्नु पर्ने हुन्छ ।

    प्रमुख सचेतकले संसद्मा भने –

    ‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भने, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij