Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजको मन्त्रीपरिषद बैठक कूलमानको बारेमा के निर्णय गऱ्यो ?


  • सोमबार, फाल्गुन १२ २०८१

  • आजको मन्त्रीपरिषद बैठक कूलमानको बारेमा के निर्णय गऱ्यो ?

    काठमाडौं – आजको मन्त्रीपरिषद बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय हुँदैछ भन्ने चर्चा चले पनि निर्णय नभएको बताइएको छ । ऊर्जा मन्त्री दिपक खड्‌काले प्रस्ताव तयार पारे पनि आजको बैठकमा छलफल नभएको स्रोतले बतायो । आजै ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले घिसिङलाई हटाउन नहुँने अभिव्यक्ति दिएका थिए ।

    बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ भने सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij