Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन


  • शुक्रबार, फाल्गुन २३ २०८१

  • इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

    काठमाडौं – आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न इमानको तेस्रो साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको हो ।
    नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रोयल आचार्यसहित सबै पदाधिकारी दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । इमानको उपाध्यक्षमा डिल्ली सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंकबहादुर कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा दोहोरिएका छन् ।
    संस्थाको सदस्यहरुमा डिआर आचार्य, अप्सरा गौतम, उत्सव ढकाल र मनोज थापा दोहोरिएका छन् भने नयाँ सदस्यका रुपमा गीता भुसाल सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij