काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
