Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ४.१९ अकंले बढ्यो


  • बिहिबार, पुष ११ २०८१

  • नेप्से ४.१९ अकंले बढ्यो

    काठमाडौं – साताको अन्तिम कारोबारका दिन आज शेयर बजार नेप्से परिसूचक ४.१९ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । नौ कम्पनिको मुल्य भने स्थिर रहेको छ ।

    आज चार उपसूचकमा मात्र हरियाली लागेको छ। यसदिन बैंकिङ समूहको १.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२७ प्रतिशत, माइक्रो फाइनान्स समूहको ०.१४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको ५० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij