Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई


  • शनिबार, मंसिर २२ २०८१

  • पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई

     

    काठमाडौं– नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।
    प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिए पछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका छन् ।
    उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफु र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij