Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्युत महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्र


  • बुधबार, मंसिर १२ २०८१

  • विद्युत महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्र

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् ।

    पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ । बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।

    डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको अन्य कम्पनीमा सेयर भएमा रोक्का गर्न पत्राचार गरेका हुन् । विद्युत् महसुल बापतको बक्यौता सार्वजनिक राजश्वको भएका कम्पनीको अन्य कुनै कम्पनीमा शेयरमा लगानी भएको भए उक्त कम्पनीको शेयर एवं विद्युत् महसुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको उक्त कम्पनीमा शेयर कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितोबन्धकी दिन नपाउने गरी रोक्का गरी विद्युत् महसुल बापतको बक्यौता सार्वजनिक राजश्व रकम असुलीको लागि पत्राचार गरिएको प्राधिकरणले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij