काठमाडौं- नेपालले सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ)मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। बेलायतको फिच रेटिङ्स कम्पनीले गरेको रेटिङअनुसार नेपालले डबल बी माइनस प्राप्त गरेको छ। यो भनेको बंगलादेशभन्दामाथि र साउथ अफ्रिका बराबरको हो। बंगलादेशले बी प्लस पाएको छ।
नेपालको कन्ट्री रेटिङ विश्वप्रसिद्ध क्रेडिट रेटिङ संस्था ‘फिच रेटिङ’ले गरेको हो। बिहीबार केही समय अघि सार्वजनिक गरेको संक्षिप्त विवरणअनुसार तुलनात्मक रूपमा नेपालको रेटिङ राम्रो भएको देखिएको छ।
यस उपलब्धिले नेपालको वित्तीय क्षमताबारे विश्वव्यापी मान्यता स्थापित गरेको छ। सरकारी अधिकारी र विज्ञहरूका अनुसार यो रेटिङले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग विश्वासको वातावरण सिर्जना गर्दै आर्थिक विकास र व्यावसायिक सम्भावनाहरूलाई टेवा पुर्याउनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
