काठमाडौं – गण्डकी प्रदेशका पूर्व मन्त्री एवं सांसद राजिव गुरुङ( दिपक मनाङ्गे ) लाई आजै कारागार चलान भएका छन । उनलाई डिल्लीबजार कारागार मा बुझाइएको छ । आपराधिक पृष्ठभूमीका चक्रे भनिने मिलन गुरुङलाई ज्यान मार्ने उद्योग गरेका कारण दोषी ठहर भएका मनाङ्गेलाई प्रहरीले मंगलवार सानो भऱ्याङबाट पक्राउ गरेको थियो । उच्च अदालतको फैसला लाई सर्वोच्चले सदर गरे पछि उनलाई प्रहरीले खोजि गरिरहेको थियो । उनी पनि आपराधिक पृष्ठभूमिकै व्यक्ती हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
