काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कास्की जिल्ला अदालत ले थप दश दिन हिरासतमा राखेर अनुशन्धान गर्न प्रदरीलाई अनुमति दिएको छ । कास्की प्रहरीले हिरासतमा राख्ने म्याद थप गर्नको लागी उनलाई अदालत उपस्थित गराएको थियो । न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
