काठमाडौं – काठमाडौंमा एक जना जग्गा ब्यवसायी माथी दिनदहाडै रड प्रहारको घटनाले संघिय राजधानी सुरक्षा ब्यवस्था माथी गम्भिर प्रश्न खडा गरेको छ । नुवाकोटाका विक्रम लालाई चार जनाको समूहले मरणासन्न हुने गरी रड प्रहार गरेको क्रुर दृष्य सिसिटिभीमा कैद भएको छ ।
एक अस्पतालको पार्किङमा लामा माथी घातक आक्रमण गरिएको छ । उनी रड आक्रमणवाट चल्न नसक्ने भए पछि युवाहरु भागेको सार्वजनिक भएको भिडियोमा देखिन्छ । घाइते लामा ग्रिनसिटी अस्पतालको आइसियुमा उपचाररत छन । उनको अवस्था गम्भिर छ । प्रहरीले उक्त घटना काठमाडौंमा संगठित गुण्डागर्दी गर्दै आएका सानुभाई भनिने युवराज गुरुङको समूहले घटाएको प्रहरीको दावी छ । उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय काठमाडौंमा गुण्डागर्दी बढ्दै गएको देखिएको पुष्टी हुन्छ । यस्ता घटना बढ्दै जानुमा प्रहरीले प्रभावकारी काम नगर्ने, आपराधिक घटनासंग जोडिएका व्यक्तिसंग हिमचिम गर्ने र कारवाही फितलो हुँदा यस्ता संगठित गुण्डागर्दी गर्नेहरुले आफ्नो गतिविधि बढाउँदै लगेको देखिन्छ । लाजिम्पाट घटनाले संघिय राजधानीको सुरक्षा व्यवस्थालाई चुनौति दिएको प्रष्ट देखिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
