काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने एक दुई दिन भित्रै पक्राउ पर्न सक्ने विश्लेषण सुनाएका छन । आज बसेको विपक्षी दलको बैठकमा सरकारको गतिविधि विश्लेषण गर्दै पूर्वगृह मन्त्री समेत रहेका लामिछाने पक्राउ पर्न सक्ने बताएका हुन । जुन बैठकमा लामिछाने आफ्ना पार्टीका पदाधिकारी सहित उपस्थित थिए ।
बैठक पछि रास्वपा नेता विराजभक्त श्रेष्ठले सरकारले सभापति लामिछानेलाई पक्राउ गर्न उपयुक्त समय हेरिरहेको प्रतिक्रिया दिए । सम्भावित गिरफ्तारीको विरोध गर्दै श्रेष्ठले पक्राउ गरे सामना गर्ने बताए । केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार करिव दुई तिहाइको भएको भन्दै खरानीको डल्ला नसम्झन चेतावनी दिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
