Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि मनकामना केबलकार तीन दिन बन्द हुने


  • मंगलबार, असोज २९ २०८१

  • आजदेखि मनकामना केबलकार तीन दिन बन्द हुने

    काठमाडौं – मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि आज असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो।

    मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ।
    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो।केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij