Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज संविधान दिवस


  • बिहिबार, असोज ३ २०८१

  • आज संविधान दिवस

    काठमाडौं – आज असोज ३ गते दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।

    सरकारले भव्यताका साथ संविधान दिवस मनाउन र घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।

    काठमाडौंको सैनिक मञ्च टुडिखेलमा अहिले बिहान ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।

    आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना गरिँदैछ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने भएको छ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।

    देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij