Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टानको अध्यक्ष पदमा सागर पाण्डे विजयी


  • मंगलबार, भाद्र १८ २०८१

  • टानको अध्यक्ष पदमा सागर पाण्डे विजयी

    काठमाडौं – ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । पाण्डेले ५८० मत पाएर विजयी हुँदा राजेन्द्र सापकोटाले ४८० मत पाएका छन् ।

    माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार सापकोटालाई पराजित गरेका हुन् ।
    बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाएका छन् । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए ।

    महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीलाई ५६ मत अन्तरले हराए । शेर्पा ५५० मतसहित विजयी हुँदा सुवेदीले ४९४ मत पाए ।

    सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् । यसैगरी महिला सदस्यमा पवित्रा तामाङ तथा खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij