Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साधारण सदस्यबाट हटाइए पछि के भन्छन मुकुल ढकाल ?


  • मंगलबार, भाद्र ११ २०८१

  • साधारण सदस्यबाट हटाइए पछि के भन्छन मुकुल ढकाल ?

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले निम्बित महामन्त्री डा . मुकुल ढकाललाई साधारण सदस्यवाट समेत हटाएको छ । मंगलबाट बसेको पार्टी केन्द्रीय समिति बैठकले उनलाई हटाउने निर्णय गरेको हो । आफुलाई निश्काशन गर्ने निर्णय पछी ढकालले सभापति रबि लामिछानेको कडा आलोचना गरेका छन । उनले न्यायिक निकायवाट निर्णय बदर हुने आशा राख्दै त्यति वेला लमिछाने ले नैतिकता देखाएर राजिनामा दिन्छन भनी प्रश्न गरेका छन ।

    उनले भनेका छन :

    म रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।

    र अर्को कुरा ,
    सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij