Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु


  • शनिबार, साउन २६ २०८१

  • ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु

    काठमाडौं- ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको ज्यान गएको छ । वोयपास एयरलाइन्सको एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।

    चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको जहाज ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।

    दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।

    दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij