Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने २४ वर्षीय युवा पक्राउ


  • सोमबार, बैशाख ३१ २०८१

  • अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने २४ वर्षीय युवा पक्राउ

    काठमाडौँ – प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको खुलेको हो ।

    उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ  ।  वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

    प्रहरीले अनिलमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा वा सट्टेबाजी गर्न नहुने कसुर, मुलुकी अपराध संहिता २०७४ को दफा २२६ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा विदेशी विनिमय ऐन र राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान थालेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij