काठमाडौं– पछिल्लो समय विभिन्न विषयमा सिरियल निर्माण हुने क्रम चलिरहेको छ । अन्य सिरियल भन्दा भिन्न कथा अपराध विषयमा निर्माण भएको वेव सिरिज मेरो अदालत चर्चामा रहेको छ । देशमा घटिरहेका विविध घटनाका पीडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा केही सत्य घटना र केही काल्पनिक घटना देखाइनेछ ।
दुई भाग सार्वजनिक भएको यस वेव सिरिजले दर्शकको मन जित्न थालेको छ । ठुलो पर्दामा जमेका नायक रवि कार्कीको मुख्य भुमिका रहेको यस सिरिजमा कार्कीको साथमा राम गौतम,रिस्ता बस्नेत, तारा केसी, निक शर्मा, नम्रता पौडेल, विमल काफ्ले, मिठु माया, नारायण ढकाल, कृष्ण रिसाल, किशोर पाण्डे, मञ्जु गुरुङ आदीको अभिनय रहेको छ ।
रि एण्ड कि फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिरिजमा रामेश कुमार राईको निर्देशक, नायक कार्कीकै कथामा मालती कार्कीले निर्माण गरेकी हुन । दिपेन बस्न्यातको सम्पादन रहेको यसमा हरिनारायण चौधरीको छायांकन रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
