एजेन्सी – भारतमा लोकसभा चुनाव को पहिलो चरण आज वाट सुरु भएको छ अरुणाचल र सिक्किमको राज्य विधानसभा चुनावमा २१ राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा १०२ निर्वाचन क्षेत्र र ९२ विधानसभा क्षेत्रहरूमा मतदानको पहिलो चरण आज सुरु हुन्छ। चुनावमा १८ लाख भन्दा बढी मतदान अधिकारीहरू तैनाथ गरिएको छ ।
१.८७ लाख मतदान केन्द्रहरूमा १६ . ६३करोड भन्दा बढी मतदाताहरूले आज मतदान गर्ने तयारी गरेका छन्। ३५ . ६७ लाख मतदाता पहिलो पटक मतदान गर्न दर्ता भएका छन्। यसबाहेक, २०-२९ वर्ष उमेर समूहका ३.५१ करोड युवा मतदाता छन्। मतदान र सुरक्षा कर्मचारी ढुवानीका लागि ४१ हेलिकप्टर, ८४ विशेष रेल र करिब १ लाख कार परिचालन गरिएको निर्वाचन बोर्डले जनाएको छ । आधाभन्दा बढी मतदानस्थलमा वेबकास्टिङ हुने र ती सबैमा माइक्रो पर्यवेक्षक तैनाथ गरिने छ । तीन सय ६१ पर्यवेक्षक (१२७ सामान्य पर्यवेक्षक, ६७ प्रहरी पर्यवेक्षक र १६७ व्यय पर्यवेक्षक) निर्वाचनको दिन अघि नै आफ्नो निर्वाचन क्षेत्रमा पुगिसके को टाइम्स अफ इण्डियाले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
