Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वाइडबडी विमान खरिद : पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर


  • बिहिबार, चैत्र २२ २०८०

  • वाइडबडी विमान खरिद : पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    भ्रष्टाचार मुद्दामा अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन्। कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन्।

    अन्य प्रतिवदीमा पूर्वअर्थसचिव शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, तत्कालीन निगम सञ्चालक समितिका सदस्यहरु टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र जीवन सिटौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य अच्युतराज पहाडीलगायत छन्। अख्तियारले वाइडबडी खरिदमा प्रतिवादीहरुले १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij