काठमाडौं – सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको पछिल्ला दुवै महाधिवेशन बदर गरी त्यस अघिको उच्च स्तरिय समितिले महाधिवेशन गर्ने फैसला गरेको छ । बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विवादित महाधिवेशलाई बदर गरेर दुई वर्षअघि विवाद समाधान गर्न बनेको उच्चस्तरीय समितिलाई वैधता दिएको हो । उच्च स्तरिय समितिको संयोजकमा संघका पूर्व अध्यक्ष शेष घले छन । महाधिवेशन सोही समितिले गर्नेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
