Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानव अधिकार आयोगले सरकार प्रति खेद ब्यक्त गऱ्यो


  • आइतबार, असोज ११ २०८३

  • मानव अधिकार आयोगले सरकार  प्रति खेद ब्यक्त गऱ्यो

    काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आग्रह गरेको छ । पूर्व प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जबरालाई हिरासतमा भेट गर्न रोकेको घटना प्रति प्रतिक्रिया दिदै आयोगले भनेको छ :

    आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर ।

    सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा अनुगमनका लागि आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली आज टेकुस्थित प्रहरी परीसर पुगेको थियो । सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ । अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन ।
    राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था उल्लेख छ । उल्लिखित संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।
    अतः निष्पक्ष छानविन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

    ………………..
    डा.टीकाराम पोखरेल

    प्रवक्ता/सहसचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij