Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले थाल्यो सर्वेक्षण


  • बुधबार, भाद्र २४ २०८३

  • अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले थाल्यो सर्वेक्षण

    भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनुभएकाहरुलाई उहाँहरूको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण गरिरहेको छ।

    आपतकालीन अवस्थामा उहाँहरुका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थाइ बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भइसकेको छ।

    पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरुमा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’ मार्फत सर्वेक्षण गरिरहेको छ।

    यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने उहाँहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुनेछ।

    हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ।

    एकहप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ। यस लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर रहनुभएका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij