Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नदीमा ठूलो वा असामान्य जोखिमपूर्ण बाढी छैन : गोसाइँकुण्ड गाउँ पालिकाका अध्यक्ष तामाङ


  • शुक्रबार, भाद्र १२ २०८३

  • नदीमा  ठूलो वा असामान्य जोखिमपूर्ण बाढी छैन : गोसाइँकुण्ड गाउँ पालिकाका अध्यक्ष तामाङ

    तिब्बतमा ताल फुटेको हल्लापछि रसुवागढी क्षेत्रको स्थलगत अवलोकन: स्थिति सामान्य, निरन्तर सचेत र चनाखो रहन अध्यक्षको आग्रह

    रसुवा- छिमेकी मुलुक तिब्बत क्षेत्रमा हिमताल फुटेर भोटेकोशी नदीमा भीषण बाढी आउन सक्ने हल्ला फैलिएपछि वस्तुस्थिति बुझ्न जनप्रतिनिधि र प्रशासनको टोली सीमा क्षेत्र पुगेको छ। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी सम्मिलित टोलीले हेलिकप्टरमार्फत रसुवागढी नाका र आसपासका क्षेत्रको आकाशे अवलोकन गरी फर्किएको छ।

    अवलोकनपछि गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले नदीमा त्यस्तो ठूलो वा असामान्यताको जोखिमपूर्ण बाढी नदेखिएको जानकारी दिनुभएको छ। हवाई निरीक्षणका क्रममा नदीको बहाव सामान्य अवस्थामै रहेको पाइएकोले हाललाई कुनै आत्तिनुपर्ने स्थिति नरहेको उहाँले स्पष्ट पार्नुभयो।

    यद्यपि, हिमाली तथा जोखिमयुक्त भूगोल भएकाले हल्लालाई पूर्ण रूपमा बेवास्ता गर्न नहुने भन्दै उहाँले तटीय क्षेत्रका नागरिकलाई निरन्तर सचेत र चनाखो रहन आग्रह गर्नुभएको छ। पूर्वतयारी र सतर्कताले मात्र सम्भावित जोखिमबाट जोगिन सकिने भएकाले स्थानीय प्रशासन र स्थानीय तहले स्थितिमाथि सूक्ष्म निगरानी राखिरहेको जनाइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij